टी–२० विश्वकप क्रिकेटमा आज भारत र आयरल्यान्ड खेल्दैछन् । खेल न्यूयोर्कमा नेपाली समयअनुसार भर्खर शुरु भएको छ । । समूह ‘ए’ मा रहेका भारत र आयरल्यान्डले आफ्नो पहिलो खेल खेल्न शुरु गरेका हुन् । समूह ‘ए’ मा आयोजक अमेरिकासहित क्यानडा, भारत, आयरल्यान्ड र पाकिस्तान रहेका छन् । यो समूह अन्तर्गत आयोजक अमेरिकाले उद्घाटन खेलमा क्यानडालाई ७ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । जुन २ तारिखदेखि शुरु भएको टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो ।
गएराति इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल भने वर्षाका कारण नतिजा विहीन भएको छ । इङ्ग्ल्यान्डले सन् २०१० र २०२२ मा तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा गरि दुई पटक टी–२० विश्वकपको उपाधि जितेका छन् । त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलङ्का र पाकिस्तानले एकरएक पटक टी–२० विश्वकप जितेका छन् । भारतले पहिलो संस्करण २००७ मा उपाधि जितेको थियो ।
त्यस्तै अस्ट्रेलियाले २०२१ मा, श्रीलङ्काले २०१४ मा र पाकिस्तानले २००९ मा उपाधि जितेको थियो । गएराति भएको विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल भने नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।