अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५
| Colorodo: 04:10
आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटमा न्युजिल्यान्डले नेपाललाई ३ सय ३ रनकाे लक्ष्य दिएकाे छ ।दक्षिण अफ्रिकाकाे बफेलाे पार्कमा टस जितेर ब्याटिङ गरेकाे न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रन बनायाे । न्युजिल्यान्डका स्नेहित रेड्डीले शतक बनाए । स्नेहित १ सय २५ बलमा नट आउट १ सय ४७ रन बनाए । नेपालका सुवास भण्डारीले ३ र गुलसन झाले २ विकेट लिए ।
नेपाल रहेको समूह ‘डी’ न्युजिल्यान्डसँगै अफगानिस्तान र पाकिस्तान छन् । अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग १० गते र अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली सहभागी छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।
