अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७
| Colorodo: 00:12
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको हो ।मधेशले दिएको २३२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१ ओभर १ बलमा सबै विकेट गुमाउँदै १७० रनमा समेटियो ।यो जितसँगै ६ अंक जोडेको मधेस तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली आफ्ना ४ मध्ये दुई खेल जित्दै चार अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।
७ प्रदेश र तीन विभागीयसहित १० टोली सहभागी प्रतियोगितामा तीन जित निकालेको सुदूरपश्चिम प्रदेश शीर्ष स्थानमा छ । कोशी प्रदेश लगातार पाँच खेलमा पराजित हुँदा गण्डकीले पनि आफ्ना तीनवटै खेलमा हार व्यहोरेको छ ।
