अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक

बिआरटीनेपाल २०८० पुष २ गते ५:४० मा प्रकाशित

यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज साेमवार सार्वजनिक भएको तालिकाअनुसार पोर्टोले आर्सनलसँग खेल्नेछ । यस्तै नापोलीले बार्सिलोनासँग, पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले रियल सोसिडाडसँग र इन्टरमिलानले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

यस्तै पीएभीले बोरुसिया डर्टमुन्डसँग, लाजियोले बार्यन म्युनिखसँग, एफसी कोपनहेगनले म्यानचेस्टर सिटीसँग र आरबी लाइपजिगले रियल मड्रिडसँग खेल्नेछन् । च्याम्पियन्स लिगका अन्तिम १६ का खेल आउँदो जनवरी १३ तारिखदेखि शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय