अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

१९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जित्यो

बिआरटीनेपाल २०८० पुष १ गते ६:०२ मा प्रकाशित

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । आयोजक टोली यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

दुबईमा बंगलादेशले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४ ओभर पाँच बलमा ८७ रन बनाउँदा अलआउट भयो । उसका लागि ध्रुव परासरले सर्वाधिक २५ रन बनाए । बंगलादेशका मरुफ मृधा र रोहनत दुल्लाह बोर्सोनले ३/३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले अशिक रहमान शिब्लीको शतक मद्दतमा २ सय ८२ रन बनाएको थियो । बंगलादेशले भारतलाई र यूएईले पाकिस्तानलाई हराएर फाइनलमा पुगेका थिए । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय