अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२
| Colorodo: 19:57
अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आगामी सोमबार बस्ने भएको छ । एन्फाको पछिल्लो विशेष साधारण सभापश्चात बस्न लागेको यो पहिलो कार्यसमिति बैठक हो । यस बैठकका लागि भन्दै एन्फाले १८ वटा एजेन्डा तय गरेर केन्द्रीय सदस्यहरुलाई जानकारी गराएको छ । एन्फाको यस कार्यसमिति बैठकले नै घरेलु लिगहरुको तालिका निर्धारण पनि गर्ने छ ।
सुरुमा १५ वटा एजेन्डाको बारेमा कुरा भए पनि एन्फा कार्यसमिति सदस्य अनिल मल्लले ४ वटा एजेन्डा थप गर्न माग गरेपछि उहाँको एजेन्डाको ३ वटा एजेन्डा समेट्दै १८ एजेन्डामाथि छलफल गरिने महासचिव किरण राईले जानकारी दिनुभयो ।
