अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

भारतलाई हराउँदै बङ्ग्लादेश १९ वर्षमुनिकाे एसिया कपकाे फाइनलमा

बिआरटीनेपाल २०८० मंसिर २९ गते ६:०२ मा प्रकाशित

भारतलाई हराउँदै बङ्ग्लादेश १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे दाेस्राे सेमिफाइनल खेलमा बङ्ग्लादेशले भारतलाई ४ विकेटले हरायाे ।

भारतले दिएकाे १ सय ८९ रनकाे लक्ष्य बङ्ग्लादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायाे । बङ्गलादेशका अरिफुल इस्लामले सर्वाधिक ९४ रन बनाए । यस्तै अहरर अमिनले ४४ रन जाेडे । बलिङतर्फ भारतका नमन तिवारीले ३ र राज लिम्बानीले २ विकेट लिए ।

यसअघि दुबईकाे आईसीसी एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारत ४२ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अल आउट भयाे । भारतका मुरुगन अभिषेकले ६२ र मुशीर खानले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका मरुफ मृधाले ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय