अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

मेस्सी र राेनाल्डाे फेब्रुअरीमा आमनेसामने हुने

बिआरटीनेपाल २०८० मंसिर २६ गते ४:५८ मा प्रकाशित

विश्व फुटबलका दुई शीर्ष स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो फेरि एक पटक आमनेसामने हुने भएका छन् । अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीले प्रि–सिजन साउदी अरेबिया भ्रमणको पुष्टि गरेसँगै दुई महान् हस्ती मेस्सी र रोनाल्डो आमनेसामने हुने पक्का भएको हो । मेस्सी आबद्ध क्लब इन्टर मियामी र रोनाल्डो आबद्ध अल नासरले रियाद सिजन कपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

मियामीले आउँदो जनवरी २९ मा साउदी प्रो लिगको शीर्षस्थानमा रहेको अल हिलालसँग खेल्नेछ । त्यसपछि मियामीले फेब्रुअरी १ मा रोनाल्डोको कप्तानीमा रहेको अल नासरसँग खेल्नेछ । आफ्नो करिअरमा मेस्सी र रोनाल्डो ३५ पटक आमने–सामने भएका छन् । जसमा मेस्सी आबद्ध टोलीले १६ पटक र रोनाल्डोको टोलीले १० पटक जितेका छन् । नाै वटा खेल बराबरी भएको छ । मेस्सी र रोनाल्डोबीच हुने आउँदो खेललाई ‘द लास्ट डान्स’ भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय