अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल तालिकाको शीर्षमा

बिआरटीनेपाल २०८० मंसिर २४ गते ५:२९ मा प्रकाशित

इंग्लिश प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा लिभरपुलका लागि मोहमद सलाहले २ सयौं गोल गरेको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित क्रिस्टल प्यालेसलाई हराएको हो ।जोर्डन अय्युले दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि घरेलु टोली ७५ औं मिनेटमा १० खेलाडीमा सिमित बनेको थियो । सलाह लिभरपुलका लागि २ सय गोल पुरा गर्ने पाँचौं खेलाडी बनेका छन् ।

उनले हिजो ७६ औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल गरेका थिए । हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलका लागि विजयी गोल गरेका थिए । पेनाल्टी क्षेत्रमा उनले गरेको प्रहारले जाली चुमेपछि लिभरपुलले आर्सनललाई उछिन्दै तालिकाको शीर्ष स्थान कब्जा गरेको हो । घरेलु टोली क्रिस्टलले जिन फिलिप मटेटाको पेनाल्टी गोलमा सुरुवाती अग्रता लिएको थियो । लगत्तै सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए । शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३७ अंक जोडेको छ । क्रिस्टल १६ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय