अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

नेपाल सुपर लिग : इलामसँग बराबरी खेलेकाे धनगढी शीर्ष स्थानमा

बिआरटीनेपाल २०८० मंसिर २३ गते ६:०३ मा प्रकाशित

नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको छ । धनगढीले इलामसँग २–२ को बराबरी खेल्दै अङ्क बाँडेको हो । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्किएको छ । पोखरा थन्डर्ससँग अङ्क बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

यस्तै, आजै हुने अर्काे खेलमा काठमाण्डौ रेजर्स फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । यो खेल बेलुका ५ बजे हुनेछ । काठमाण्डौ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटाैँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय