अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपालको हार

बिआरटीनेपाल २०८० मंसिर २२ गते ५:५२ मा प्रकाशित

एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग ७ विकेटको हारेको छ । शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हारेको हो । नेपालले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा अजनान अवाईसले ५६ रन बनाए । यस्तै, कप्तान साद बाइगले ५६ बलमा पाँच चौकासहित ५० रन थपे । २३–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटलाई १०८ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय