अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्लाद्वारा म्यान्चेस्टर सिटी पराजित

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:२८ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा एस्टन भिल्लालाई विजयी गराउन लियोन बेइलीले निर्णायक गोल गरे । यो जितसँगै एस्टन भिल्ला अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने म्यान्चेस्टर सिटी चँौंथो स्थानमा झरेको छ । गएराति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई २–१ ले हराउँदा लिभरपुलले शेफिल्ड युनाइटेडमाथि २–० को जित निकाल्यो ।

यसैगरि फुल्हमले नटिङ्घम फरेष्टलाई ५–० ले पराजित गर्दा ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ ले तथा बर्नमाउथले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरे । गए राति भएका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १५ खेलबाट ३६ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । ३४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा ३२ अंकसहित एस्टन भिल्ला तेस्रो स्थानमा उक्लिएको छ । ३० अंक बटुलेको म्यान्चेस्टर सिटी चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय