अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर भारतकी शीतल महाजनले राखिन् विश्व कीर्तिमान

बिआरटीनेपाल २०८० मंसिर १ गते ६:१३ मा प्रकाशित

भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ ।कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउनुभएको हो ।यसअघि कालापत्थरमा महिला स्काई डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले त्याे रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । न्युजिल्यान्ड र अमेरिकाका दुई स्काई डाइभरको रेकर्ड थियो ।

४१ वर्षीया महाजन भारतको पुनेकी स्काई डाइभ र खेलकुद क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले भारतको प्रसिद्ध पद्यमश्री पुरस्कार प्राप्त गरिसक्नुभएको छ । ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गर्नुभएको कम्पनीले जनाएका अध्यक्ष सुमन पान्डेले जानकारी दिनुभयो ।महाजनको रेकर्ड गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काई डाइभ गरेको कम्पनीले जनाएको छ  ।

स्काई डाइभ एक साहसिक खेल पर्यटन हो । विश्वभर सात लाख स्काई डाइभर रहेको बताइन्छ । दुबईमा समुद्रबीचको टापुमा स्काई डाइभ गरिन्छ । मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ । इजिप्टमा पिरामिडको अगाडि स्काई डाइभ हुन्छ । स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ । जुन जीवनकालकै बहुमूल्य हुन्छ । नेपालको स्काई डाइभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काई डाइभको आकर्षण हुन्छ ।

मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काई डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । स्काई डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो । नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ शुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काई डाइभ हुँदै आएको छ । सन् २००९ मा हाइएस्ट ‘स्काई डाइभ’ कालापत्थरमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय