अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४
| Colorodo: 21:09
एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले समुह चरणका सबै ९ खेल जितेको छ । अन्तिम खेलमा हिजो नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जित निकाल्ने एकमात्र टोली बनेको हो ।जितका लागि ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अल आउट भयो ।
भारतका कुलदीप यादव, रविन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले दुई दुई विकेट लिंदा विराट कोहली र रोहित शर्माले एक एक विकेट लिए । त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । भारतको लागि श्रेयस ऐरले अविजित १ सय २८ रन तथा लोकेश राहुलले १ सय २ रन जोडे ।
भारतले अब सेमिफाइनलमा बुधवार न्युजिल्याण्डको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा बिहिवार अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् ।
