अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

बहराइनलाई हराउँदै ओमान टी–२० विश्वकपमा छनाेट

बिआरटीनेपाल २०८० कार्तिक १७ गते ६:१८ मा प्रकाशित

बहराइनलाई हराउँदै ओमान आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हरायाे ।

बहराइनले दिएकाे १ सय ७ रनकाे सामान्य लक्ष्य ओमानले १४ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । ओमानका कश्यप प्रजापतिले ५७ र प्रतीक अथभालेले ४८ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनायाे । बहराइनका इमरान अलीले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ ओमानका अकिब इलियासले ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय