अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

श्रीलङ्काले अफगानिस्तानलाई दियाे २ सय ४२ रनकाे लक्ष्य

बिआरटीनेपाल २०८० कार्तिक १३ गते ६:४६ मा प्रकाशित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई २ सय ४२ रनकाे लक्ष्य दिएकाे छ । पुनेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ४१ रन बनाउँदा अलआउट भयाे । श्रीलङ्काका पथुन निसान्काले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।

श्रीलङ्का ५ खेलमा ४ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । अफगानिस्तान उति नै खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा साताैँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय