अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४
| Colorodo: 17:19
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता भोलि सोमवारदेखि शुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता आउँदो १९ गतेसम्म चल्नेछ ।टी–२० विश्वकप छनोटका लागि नेपालले आज आइतवार त्रिवि क्रिकेट मैदानमा तयारी गरेको छ । नेपालले भोलि सिङ्गापुरसँग खेल्दैछ । यस्तै दोस्रो खेलमा पर्सि मङ्गलवार मलेसिया र तेस्रो खेलमा आउँदो बिहीवार ओमानसँग खेल्नेछ ।
नेपाल रहेको समूह ुएु मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ुबीु मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् । नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
