अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

भारतीय राजदूताबासद्वारा नेपाली क्रिकेट टोलीलाई खेल सामग्री हस्तान्तरण

बिआरटीनेपाल २०८० कार्तिक १० गते ६:२४ मा प्रकाशित

भारतीय राजदूतावासले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई  सरिन स्पोर्टस्बाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ। दूतावासमा आयोजित कार्यक्रममा  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा कप्तान रोहित पौडेललाई हस्तान्तरण गर्नुभएकाे हाे।

दूतावासमा नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि स्वागत समारोहको आयोजना गरिएको थियो।  कार्यक्रममा खेल सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो। नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरूप प्रदान गरेको थियो।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गर्नुभयाे । उहाँले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयाे। उहाँले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट शुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामनासमेत दिनुभएकाे थियाे ।

नेपाल क्रिकेट संघका अध्यक्ष चन्द , संघका सचिव खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बी.पी कोइराला भारत–नेपाल फाउन्डेसन र एसजेभीएनलाई धन्यवाद व्यक्त गर्नुभएकाे थियाे। क्रिकेट सामग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट संघबीच सहकार्य यात्राको सुरुवात भएको उहाँहरूकाे भनाइ थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय