अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

बिआरटीनेपाल २०८० कार्तिक ३ गते २०:०३ मा प्रकाशित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा लगातार जित हात पारेको नेपाल आज हङकङलाई हराएमा शृङ्खलाको फाइनलमा पुग्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । यस्तै, दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

आईसीसी टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले त्रिदेशीय शृङ्खलाको आयोजना गरेको हो । शृङ्खलामा नेपालसहित यूएई र हङकङ समावेश छन् । शृङ्खलाको फाइनल खेल आउँदो १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय