अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

सन्दीपको अनुपस्थितले टिममा असर पर्नु स्वभाविक हो -कप्तान रोहित पौडेल

बिआरटीनेपाल २०८० असोज ३० गते ७:५३ मा प्रकाशित

नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ। काठमाडौंको मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ। टी(ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो।

पहिलो खेलमा नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। प्रतियोगिताअघि नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली टीमले राम्रो तयारी गरिरहेकाले नजिता पनि राम्रो आउने विश्वास व्यक्त गर्नुभयो। मंगलबार काठमाडौंमा आयोजित प्रि(म्याच कन्फ्रेन्समा पौडेलले सन्दीप लामिछानेको अनुपस्थितले टिममा असर पर्नु स्वभाविक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्काले मुलपानी क्रिकेट मैदान त्रिकोणात्मक क्रिकेट सिरिज हुनु नेपाली क्रिकेटमा राम्रो सुरुवात भएको बताउनुभयो। उहाँले सन्दीपसँग निरन्तर छलफलमा रहेको र नेपाली परिवारसँग समय बिताउने सन्दीपको इच्छा नकार्न नसकिएको उल्लेख गर्नुभयो। क्रिकेट संघमा आफूले पाएको जिम्मेवारी बहन गर्न गम्भीर हुने उहाँको भनाइ छ।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छ। खेलका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा समेत गरिसकेको छ। नेपाली टिमको सूचिमा सन्दीप लामिछानेको इच्छाअनुसार त्रिकोणात्मक सिरिजमा समावेश गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय