अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

भेट्रान्स कप भलिबल प्रतियोगिता हुने

बिआरटीनेपाल २०८० असोज २२ गते ८:२३ मा प्रकाशित

पोखरामा ३५ वर्ष माथिको पुरुष भेट्रान्स कप भलिबल प्रतियोगिता हुने भएको छ । पोखराको बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद” नारासहित असोज २६ गते देखि २८ गतेसम्म भलिवल प्रतियोगिता गर्न लागिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पोखराका १६, १९, २० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र टिम दर्ताका लागि खुल्ला जनाएको छ । प्रतियोगितामा एउटा वडाबाट २ वटासम्म टिमले सहभागिता जनाउन सक्ने र चार वटा वडाका करिब दश वटा टिमले सहभागिता जनाउने सक्ने छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिनबहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मूल समिति र विभिन्न १२ वटा उपसमितिका साथै सल्लाहकार समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय