अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९
| Colorodo: 10:24
चिनमा जारी १९ औं एसियन गेम्समा नेपालले कम्तिमा एउटा कास्य पदक जित्ने पक्का भएको छ । महिला कबड्डीतर्फ समुह ‘बि’ को अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई हराएपछि नेपालको कम्तिमा कास्य पदक निश्चित भएको हो ।यो समुहको पहिलो खेलमा नेपालले बंगलदेशलाई हराएको थियो भने दोस्रो खेलमा नेपाल इरानसँग हारेको थियो । समुहमा दुई खेल जितेको इरान समुह विजेता तथा एक खेल जितेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सात टोली सहभागि महिला कबड्डीमा समुह ‘ए’ मा चार तथा ‘बि’ मा तिन टोली छन् । सेमिफाइनलमा पुगेको नेपालले अबको खेल जितेको खण्डमा कम्तिमा रजत पदक पक्का हुनेछ भने हारेको खण्डमा कास्य पदकमै सिमित हुनुपर्नेछ । एसियन गेम्समा करातेतर्फका खेलहरु पनि बाँकी रहेकोले नेपालको थप पदक संभावना पनि जिवित छ ।
