अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

एसियाली खेलकुद अन्तगर्त महिला कबड्डीमा नेपाल इरानसँग पराजित

बिआरटीनेपाल २०८० असोज १६ गते ६:३४ मा प्रकाशित

एसियाली खेलकुद अन्तगर्त महिला कबड्डीमा नेपाललाई इरानले हराएको छ । आज भएको समूह ‘बी’ को खेलमा नेपाललाई इरानले ४३–१९ अंकले पराजित गरेको हो । यो समूहको अन्तिम खेलमा भोलि इरान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

भोलिको खेलमा बंगलादेश पराजित भए नेपाल सेमिफाइनलमा पुग्नेछ । समुहको पहिलो खेलमा हिजो नेपालले बंगलादेशलाई हराएको थियो । सेमिफाइनल पुग्ने टिमले कम्तिमा कास्य पदक जित्ने भएकोले महिला कबड्डीतर्फ नेपालको पदक लगभग पक्का भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय