अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

अरु खेलले विश्वकप पुग्ने तत्काल सम्भावना छैन, क्रिकेटमै लगानी बढाऔं : चतुरबहादुर चन्द

बिआरटीनेपाल २०८० भदौ २ गते ६:२८ मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले क्रिकेट बाहेक अरु खेलबाट छिट्टै विश्वकप खेल्ने सम्भावना नभएको दाबी गर्नुभएको छ । उहाँले त्यही कारण क्रिकेटमा नै लगानी बढाउनुपर्ने बताउनुभयो । शनिबार धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको साधारण सभामा बोल्दै चन्दले नेपालमा क्रिकेट बाहेक धेरै खेल लोकप्रिय रहे पनि तत्कालै विश्वकपमा सहभागी भइहाल्ने अवस्था नदेखिएको बताउनुभयो ।

चन्दले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेको भन्दै अब उत्कृष्टताका लागि राज्यले विशेष पहल थाल्नुपर्ने धारणा राख्नुभएको छ । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि विश्वास गरेर पटक पटक अवसर दिएको भन्दै उहाँले त्यसको उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुने टि-ट्वान्टी विश्वकप एसिया क्वालिफायरको खेल नेपालमा पनि आयोजना हुनु, सन् २०२७ मा यु- १७ महिला विश्वकपको सह आयोजक नेपाललाई बनाइनुले नेपाल प्रति आईसीसी सकारात्मक भएको बुझ्न सकिने चन्दको भनाइ छ । ‘९आईसीसीले० नेपाली क्रिकेटको क्रेजलाई नजिकबाट नियालिरहेको छ त्यसैले यो स्वर्णिम अवसरलाई समयमै हामीले सदुपयोग गर्नुपर्नेछ’, चन्दले भन्नुभयो ।

नेपालमा राम्रो क्रिकेट रंगशाला भएको भए धेरै अन्तर्राष्ट्रिय खेल खेलाउन सकिने पनि उहाँले बताउनुभयो । खेल पर्यटनबाट अर्बौं कमाउन सक्ने सम्भावना रहेको देशमा खेलकुदमा कुल बजेटको ५ प्रतिशत आसपास मात्र छुट्याउनु अपुग हुने चन्दको भनाई थियो । आफू पुन:क्यानको नेतृत्वमा आए प्रधानमन्त्री, खेलकुद मन्त्री, प्रमुख राजनीतिक दलका नेतालाई कन्भिन्स गरेर पूर्वाधार बनाइछाड्ने प्रतिबद्धता पनि चन्दले ब्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय