अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

४ पटककाे च्याम्पियन अमेरिकालाई हराउँदै स्विडेन महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा

बिआरटीनेपाल २०८० साउन २१ गते ६:२२ मा प्रकाशित

४ पटककाे च्याम्पियन अमेरिकालाई पेनाल्टी शुटआउटमा हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।

आज आइतवार अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा अमेरिकालाई पेनाल्टी शुटआउटमा ५–४ गाेलले हराउँदै स्विडेन क्वाटरफाइनलमा पुगेकाे हाे । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टाेलीबाट गाेल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएकाे थियाे । थपिएकाे समयमा पनि गाेल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

अमेरिका सन् १९९१, १९९९, २०१५ र २०१९ काे विजेता हाे । स्विडेनले भने एकपटक पनि उपाधि जित्न सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय