अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

स्पेनलाई हराउँदै जापान समूह विजेता

बिआरटीनेपाल २०८० साउन १५ गते ४:५१ मा प्रकाशित

फिफा महिला विश्वकप फुटबलमा स्पेनलाई हराउँदै जापान समूह ‘सी’ काे विजेता बनेकाे छ ।  आज साेमवार न्युजिल्यान्डकाे वेलिङ्टन रिजनल स्टेडियममा भएकाे खेलमा जापानले स्पेनले ४–० काे फराकिलाे अन्तरले हरायाे । जापानका लागि हिनाता मियावाजाले २ तथा रिकाे युकी र मिना तनाकाले १/१ गाेल गरिन् । समूह विजेता बन्दै जापानले ३ खेलमा ९ अङ्क जाेडेकाे छ भने उपविजेता बनेकाे स्पेनकाे उति नै खेलमा ६ अङ्क छ । अब जापानले क्वाटरफाइनलमा समूह ‘ए’ काे उपविजेता नर्वे र स्पेनले समूह ‘ए’ काे विजेता स्विट्जरल्यान्डसँग खेलेकाे छ ।

यस्तै आजै न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे समूह ‘सी’ कै अर्काे खेलमा जाम्बियाले काेस्टारिकालाई ३–१ गाेलले हरायाे । विश्वकपमा जाम्बियाकाे याे पहिलाे जित हाे । जाम्बियाका लागि लुशाेमाे एमवीम्बा, बारब्रा बान्दा र रेचेल कुन्दानान्जीले गाेल गरिन् । काेस्टारिकाका डफ्ने मेलिसाले सान्त्वना गाेल गरिन् । जाम्बिया ३ अङ्कसहित तेस्राे स्थानमा रहेर प्रतियाेगिताबाट बाहिरिँदा काेस्टारिका अङ्कविहीन हुँदै प्रतियाेगिताबाट बाहिरियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय