अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४
| Colorodo: 02:09
नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बुधबार एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन अनुरोध गर्नुभयाे ।
क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको बताएको छ ।क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो । यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला ।’ मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको छ ।
