अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने

बिआरटीनेपाल २०७९ कार्तिक २७ गते ४:३७ मा प्रकाशित

नेपालले सन् २०२७ को आईसीसी यू–१९ महिला क्रिकेटको विश्वकप प्रतियोगिता आयोजना गर्न पाउने भएको छ । आइसीसीले आज आइतबार सन् २०२४ देखि सन् २०२७ सम्मका पुरुष तथा महिना अण्डन नाइन्टिन विश्वकप प्रतियोगिता आयोजक राष्ट्रहरुको नाम सार्वजनिक गरेको हो ।

जस अनुसार नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ महिला विश्वकप प्रतियोगिता गर्न पाउने भएका हुन । यस्तै २०२४ को अण्डर नाइन्टिन पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष अण्डर यू–१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । यस्तै सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्ने छन् भने सन् २०२७ को महिला विश्वकप बंगलादेश र नेपालले आयोजना गर्न पाउने भएका हुन् ।

नेपालले कुनै पनि विश्वकप आयोजना गर्ने पहिलो मौका पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय