अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

आहा रारा गोल्ड कप आउँदो पुस १२ गतेदेखि पोखरामा सुरु हुने

बिआरटीनेपाल २०७९ कार्तिक २५ गते ५:३३ मा प्रकाशित

आहा रारा गोल्ड कपको २२औँ संस्करण आउँदो पुस १२ गतेदेखि हुने भएको छ ।

पोखरा रङ्गशालामा हुने प्रतियोगिता पुस १२ देखि २३ गतेसम्म हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि नै आहा रारा गोल्ड कप सकिने भएको छ । शहीद स्मारक लिग पुस २६ गतेदेखि सुरु हुनेछ ।

आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबसहित ‘ए’ डिभिजनका क्लबहरु, मोफसल र विदेशी टोली पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय