अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

पीएम कपमा गण्डकीकाे विजयी सुरुवात

बिआरटीनेपाल २०७९ कार्तिक १४ गते ६:०२ मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेकाे छ । कीर्तिपुर क्रिकेट मैदानमा आज साेमवार भएकाे खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराएकाे छ । गण्डकीले दिएकाे दुई सय नाै रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै एक सय ३९ रनमात्र बनाउन सक्याे । उसका मिलन बाेहराले ५१ र गजेन्द्र बाेहराले ३५ रन बनाए । बलिङतर्फ गण्डकीका विपिन खत्रीले चार तथा सुवाश भण्डारी र अभिशेक बस्नेतले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय आठ रन बनायाे । उसका अर्जुन कुमालले ६५ र समिर कँडेलले २६ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐर, नारायण जाेशी र शेर मल्लले दुई/दुई विकेट लिए । याे जितसँगै समूह ‘ए’ मा रहेकाे गण्डकी दुई अङ्कसहित शीर्ष स्थानमा छ । सुदूरपश्चिम भने पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय