अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४
| Colorodo: 02:09
सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र बिग्रेड ब्वाइजको बराबरी भएको छ । आज भएको खेलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबसँग १ – १ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो । यस बराबरीसँगै पुलिसले ८ खेलमा ७ अंक जोडेको छ भने पुलिस ११ औं स्थानमा रहेको छ । ब्रिगेडले ८ खेलमा ६ अंक जोडेको छ भने ब्रिगेड १२ औं स्थानमा रहेको छ ।
