अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

चेल्सी र सिटी एफ.ए कप फुटबलको चौथो चरणमा

बिआरटीनेपाल २०७८ पुष २५ गते ७:४० मा प्रकाशित

प्रिमियर क्लबहरु चेल्सी र लेष्टर सिटी एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । सम्पन्न पछिललो खेलमा नेशनल लिग क्लब चेस्टरफिल्डलाई ५–१ ले हराउँदै चेल्सी चौथो चरणमा पुगेको हो ।चेल्सीको जितमा टिमो वेर्नर, हड्सन ओडोई, रोमेलु लुकाकु, क्रिश्चियनशन र हकिम जियकले एक एक गोल गरे । चेस्टरफिल्डका अक्वासी असान्तेले एक गोल फर्काए ।

सम्पन्न अर्को खेलमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–१ ले हरायो । आफ्नै मैदानमा भएको खेलमा लेस्टरलाई विजयी गराउन युरी टिलेमन्स, जेम्स म्याडिसन, हार्भे बार्न्स र मार्क अल्ब्राइटनले एक एक गोल गरे । वाट्फोर्डका हुवाँ पेड्रोले एक गोल फर्काए । अर्को खेलमा प्रिमियर क्लब न्युकासल युनाइटेडलाई क्याम्ब्रीज युनाइटेडले १–० ले हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय