अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित, टोटनह्याम र वेष्ट ह्याम पनि विजयी

बिआरटीनेपाल २०७८ पुष १८ गते ७:२१ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सनललाई २–१ ले हराएको छ । आर्सनलको मैदानमा भएको खेलको ३१ औं मिनेटमा बकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिए । ५७ औं मिनेटमा म्यान्चेस्टर सिटीका रियाद माहारेजले पेनाल्टीमार्फत बराबरी गोल गरे ।

५९ औं मिनेटमा आर्सनलका डिफेन्डर ग्याब्रियल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो । इन्जुरी समयमा रोड्रिले म्यान सिटीका लागि निर्णायक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानमा रहेको चेल्सीसँग ११ अंकको अग्रता लिएको छ । २१ खेलबाट म्यान सिटीको ५३ अंक छ भने २० खेलबाट चेल्सीको ४२ अंक छ । समान ४२ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा रहेको छ । लिभरपुलले आज राती चेल्सीसँग खेल्नेछ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा हिजो टोटनह्याम हट्सपरले वाट्फोर्डलाई १–० ले हराउँदा वेष्ट ह्याम युनाइटेडले क्रिष्टल प्यालेसमाथि ३–२ को जित निकाल्यो । लेष्टर सिटी र नरिच सिटीको खेल भने कोभिडका कारण पोस्टपोन्ड गर्नुपर्‍यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय