अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

ए डिभिजन लिग फुटबल : आर्मी र एपीएफले बराबरी खेले

बिआरटीनेपाल २०७८ पुष १६ गते ७:४७ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौं चरणको पहिलो खेलमा विभागीय टोलीहरु सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् ।

आर्मीका जर्ज प्रिन्स कार्कीले खेलको ६३औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । तर, पाँच मिनेट पनि बित्न नपाउँदै एपीएफका बिकी तामाङले गोल फर्काएर १–१ को बराबरीमा ल्याए ।

यस बराबरीसँगै आर्मीले ७ खेलमा ११ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा यथावत रहेको छ । एपीएफले ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा छ । खेल आर्मीका जर्ज प्रिन्स म्यान अफ दि म्याच चुनिए । यस्तै एपीएफका बिकी इमर्जिङ प्लेयर चुनिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय