अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६
| Colorodo: 03:51
सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टाेलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।
आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीलाई नगद पुरस्कार दिने प्रस्ताव युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्नुभएको थियो ।
बङ्गलादेशकाे ढाकामा हिजो मङ्गलवार भएको फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाली टाेली भाेलि बिहीवार नेपाल फर्कनेछ ।