अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

एभीसी सेन्ट्रल जाेन भलिबलमा नेपाली पुरुष टाेली चाैथाे

बिआरटीनेपाल २०७८ पुष १३ गते ६:०३ मा प्रकाशित

एभीसी सेन्ट्रल जाेन भलिबल पुरुषतर्फकाे खेलमा नेपाली टाेली उज्वेकिस्तानसँग पराजित भएकाे छ । आज मङ्गलवार तेस्राे स्थानकाे लागि भएकाे खेलमा नेपाल उज्वेकिस्तानसँग तीन–शून्यकाे साेझाे सेटमा हारेकाे हाे । उज्वेकिस्तानले नेपाललाई २५–१५, २५–१७, २५–२२ ले हराएकाे हाे । याे हारसँगै नेपाल प्रतियाेगितामा चाैथाे बनेकाे हाे ।

दुई वर्षअघि नेपालमै भएकाे प्रतियाेगितामा समूह चरणबाटै बाहिरिएकाे नेपालले यस पटक पदकका लागि प्रतिस्पर्धा गरे पनि असफल भयाे ।  यसैबीच एभीसी सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपालले उपाधि जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय