अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६
| Colorodo: 09:31
नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको खेलमा नेपाल च्याम्पियन बनेको छ । बङ्गलादेशको ढाका आज उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाली महिला टोलीले उपाधि हासील गरेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो ।
पाँचौं सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधिको रक्षा गरेको हो । यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो । पुरुषतर्फ नेपाल चौंथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भयो ।
