अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

एभिसी भलिवल– नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हरायो

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:२८ मा प्रकाशित

एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा हराउँदै नेपालले अघिल्लो चरणमा पुग्ने आशा जीवितै राखेको हो ।

नेपालले बङ्गलादेशलाई २७–२५, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष ४ मा रहँदै फाइनल खेल्ने सम्भावना कायमै रहेको छ ।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले उज्वेकिस्तानलाई तीन–एकको सेटमा हराएको थियो । यस्तै नेपाल बङ्गलादेशसँग तीन–शून्यको सोझो सेटमा र श्रीलङ्कासँग तीन–एकको सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय