अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपालको महिला टोलीको लगातार तेस्रो जित, बंगलादेश पराजित

बिआरटीनेपाल २०७८ पुष १० गते ६:३४ मा प्रकाशित

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा बंगलादेशमाथि जित निकालेको हो । नेपालले अब भोलि उज्वेकिस्तानसँग खेल्नेछ । जितसँगै ३ खेलमा ८ अङ्क जोड्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय