अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७
| Colorodo: 13:02
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का तीन उपाध्यक्षसहित ७ जना केन्द्रिय सदस्यले केन्द्रीय कार्य समितिको बैठक राख्न माग गरेका छन् । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्धय कृष्ण बहादुर थापा र वीर बहादुर खड्कासहित सदस्यहरू किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामाले बैठक बस्न एन्फामा आज पत्र दर्ता समेत गराएका छन् ।
एन्फाको केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि बस्न नसकेको हुनाले फुटबल खेलको विकासको सम्बन्धमा विभिन्न महत्त्वपुर्ण विषयमाथि छलफल हुन नसकेको बताइएको छ । सिङ्गो फुटबल खेलको विकासमा गतिरोध देखापरेको हुनाले बैठक राख्न पत्रमा उल्लेख गरिएको छ ।
