अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

राष्ट्रिय महिला भलिबल टिमको घोषणा

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ७:२० मा प्रकाशित

नेपाल भलिबल संघले एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्न राष्ट्रिय महिला टिमको घोषणा गरेको छ ।बंगलादेशमा डिसेम्बर २१ बाट सुरु हुने प्रतियोगितामा भाग लिने १२ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

टिममा छनोट भएका खेलाडीमा कप्तान अरुणा शाही, पवित्रा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, शान्या पुन, कृपाा अधिकारी र सलिना श्रेष्ठ रहेका छन् । नेपाल महिला संस्करणको साविक च्याम्पियन हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय