इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, लिभरपुल, चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको म्यान्चेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । अर्को खेलमा मोहमद सलाहले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि लिभरपुलले एस्टन भिल्लालाई १–० ले पराजित गरेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–२ ले हरायो । यसैगरी म्यान्चेस्टर युनाइटेडले नरिच सिटीलाई १–० ले हराउँदा आर्सनलले साउथह्याम्पटनमाथि ३–० को जित निकाल्यो ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १६ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको लिभरपुलको ३७ अंक छ भने ३६ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ । २७–२७ अंक जोडेका वेष्ट ह्याम यु्नाइटेड र म्यान्चेस्टर युनाइटेड क्रमशः चौथो तथा पाँचौ स्थानमा रहेका छन् । २६ अंकसहित आर्सनल छैटौं स्थानमा छ ।
