अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

फुटबल वरीयतामा नेपाल यथावत

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:३२ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ ।

अघिल्लो वरीयतामा पनि नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन ।

भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय