अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२०
| Colorodo: 02:35
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीले १÷१ गोल गर्दै अंक बाँडेका हुन् ।
६० मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि हिमालयन शेर्पाका त्रिदेव गुरुङले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
हिजोदेखि सुरु भएको लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लब सहभागी छन् ।
