अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ४ विकेटले विजयी

बिआरटीनेपाल २०७८ मंसिर २ गते ७:०१ मा प्रकाशित

न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ४ विकेटले विजयी भएको छ । जयपुरमा पाहुना टोली न्यूजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले ६ विकेट गुमाएर १९ दशमलव ४ ओभरमा पूरा गरेको हो । योसँगै टी २० सिरिजमा भारत १–० ले अघि रहेको छ ।

मार्टिन गप्टिलले ७० तथा मार्क च्यापम्यानले ६३ रन जोडेपछि न्यूजिल्याण्डले भारतसामू सो स्कोर खडा गरेको हो । टिम सेइफर्टले १२ रन जोडेका थिए । न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको हो ।

भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले दुई दुई विकेट लिए । १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाउँदा कप्तान रोहित शर्माले ४८ रन जोडे । ऋषभ पन्तले नटआउट १७ रन जोड्दा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय