अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

ट्वेन्टी ट्वेन्टी मैत्रिपूर्ण क्रिकेटमा नेपाली महिला टिमलाई श्रृंखला/रुबिना सर्वोत्कृष्ट खेलाडी

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:०६ मा प्रकाशित

नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले बंगलादेशमा भएको बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप ट्वेन्टी ट्वेन्टी श्रृंखला जितेको छ ।बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालले तीन खेलको श्रृखंला २÷१ ले जितेको हो ।

घरेलु टोलीले दिएको ५४ रनको झिनो चुनौति नेपालले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । सरिता मगर र कबिता जोशीले अविजित रहँदै १४ तथा सरिता मगरले अविजित रहँदै १३ रन जोडिन् ।

पहिले ब्याटिङ्ग गरेको बीकेएसपीले १६ ओभर ५ बलमा अलआउट हुँदै ५३ रनमात्रै जोड्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ४, करुणा भण्डारीले २ तथा कबिता कुँवर र सीता रानाले १÷१ विकेट लिए ।

रुबिना प्लेयर अफ द सिरिज भएकी छिन् । यसअघि पहिलो खेल २४ रनले जितेको नेपालले दोस्रो खेल ५ विकेटले हारेको थियो । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टिम बंगलादेशमा बन्द प्रशिक्षणका लागि गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय