अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

प्रिमियर लिग– चेल्सी, युनाइटेड र आर्सनल विजयी

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:१६ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोक्यो ।

लिग तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने क्रिष्टल प्यालेसले २–० ले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरमाथि ३–० को प्रभावशाली जित निकाल्दा आर्सनलले लेष्टर सिटीलाई २–० ले पाखा लगायो ।

सम्पन्न पछिल्ला खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १० खेलबाट २५ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहेको छ । समान खेलबाट २२ अंक जोडेको लिभरभपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको म्यान्चेस्टर सिटीको २० अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय