हालै सम्पन्न भएको अन्तर्राष्ट्रिय उसु सङ्घ, हङकङ, चीनद्वारा आयोजित “वर्ल्ड च्याम्पियन” अन्तर्राष्ट्रिय उसु ओनलाएन प्रतियोगिता २०२१ मा नेपाल कुङ्फु सङ्घ, अमेरिकी कुङ्फु इन्टरनेशनलका संस्थापक एवं चेश्पिक मार्सल आर्ट अमेरिकाका मुख्य प्रशिक्षक मास्टर सुनिल शाक्यले २ स्वर्ण पदक जित्न सफल भए । उनले थोलुमा १ र वेअपोन्समा १ गरी कुल २ स्वर्ण पदक हात पारे ।
दुई स्वर्ण पदकले नेपालको देशको लागि एक नयाँ इतिहास कोरिएको छ । उसु चीनको आफ्नै खेल हो । उसुमा प्राय चीनको खेलाडी बाहेक अरूले जित्न धेरै असम्भव कुरा हुन जान्छ । उसु खेलमा थोलु र वेअपोनसमा जित्नु भनेको धेरै ठुलो कुरा हो । मास्टर सुनिल शाक्यले यस्तै विभिन्न विधामा धेरै पदकहरू जित्नुको साथै, उसुमा ८ डिग्री ब्लैक बेल्ट हुनुको साथ साथै क्राभमागमा ७ डिग्री ब्लैक बेल्ट र तेक्वान्दोमा ५ डिग्री ब्लैक बेल्ट हासिल गरेका छन् । अमेरिका जस्तो देशमा मास्टर सुनिलले आफ्नै उसुको डोजो सञ्चालन गर्नु भनेको छ । इनास अमेरिका खेलकुद संयोजक तथा एन आर एन ग्लोबल सह संयोजक उज्ज्वल ठकुरीद्वारा मास्टर सुनिललाई दुई स्वर्ण पदक ल्याएर इतिहास रचेकोमा, बधाई तथा धन्यवाद गर्नु भएको छ । यो सम्पूर्ण नेपालीको लागि गौरवको कुरा हो भन्नु भएको छ । उज्ज्वल ठकुरीद्वारा सम्पूर्ण सङ्घ संस्थामा आग्रह गर्नु भएको छ । देशको गौरव मास्टर सुनिल शाक्यलाई अति सिग्र सम्मानको कार्यक्रम राखिदिनु हुन अनुरोध गर्नु भएको छ ।