अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५
| Colorodo: 10:30
शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कात्तिक २९ गतेबाट ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।सार्वजनिक गरिएको खेल तालिका अनुसार दशरथ रंगशालामा हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोले पहिलो पटक ’ए’ लिग खेल्न लागेको हो । सातदोबाटो ’बी’ लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो । लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
