अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२
| Colorodo: 07:47
भारतमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ को समूह विभाजन सार्वजनिक भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले आज समूह विभाजन गरेको हो । एएफसीले एसियन कप खेल्ने १२ टोलीलाई ३ समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा आयोजक भारत, चीन, चाईनिज ताइपे र इरान रहेका छन् । समूह ‘बी’ मा अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र इन्डोनेसिया रहेका छन् । समूह ‘सी’ मा साविक विजेता जापान, दक्षिण कोरिया, भियतनाम र म्यानमार रहेका छन् । एसियन कप जनवरी २० देखि फेब्रअरी ६ सम्म हुनेछ ।
